काठमाडौँ – एभरेस्ट महिला भलिबल लिगमा पोखरा निन्जार्सलाई काठमाडौं स्पिकर्सले पराजित गरेको छ ।
बिहीबार त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा सम्पन्न खेलमा काठमाडौंले पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा काठमाडौं २५–१९ र दोस्रो सेटमा २५–१७ ले विजय भएको थियो । तर, तेस्रो सेटमा पोखरा १२–२५ ले विजय भयो। त्यसपछि चौंथो सेटमा काठमाडौंले २५–१८ ले जित हासिल गर्यो ।
जित निकाल्दै काठमाडौं तीन अंक जोड्न सफल भयो । चार खेलबाट ६ अंक पुराएको काठमाडौँको फाइनल पुग्ने सम्भावना कायमै छ । जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा पुनः सुचारू भएको हो ।



























































