काठमाडौँ – नेपाली कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि नै गर्नूपर्ने माग गर्दै केन्द्रीय कार्यालयमाबुझाएका छन्।
शुक्रबार उनिहरुले पार्टी कार्यालय सानेमा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका हुन ।
ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण भएकाले यो काम समय सीमा निर्धारण गरेर टुंग्याउन माग गरिएको छ। त्यसतै बर्तमान अवस्थालाइ मध्यनजर गरी युवा पुस्ताहरुको उल्लेखनीय प्रतिनिधित्व पुरा हुने गरी विधानमा संसोधन हुनुपर्ने , पार्टीको अन्तरिम निर्वाचन समितिलाइ अविलम्ब पूर्णता दिनुपर्ने, १५ औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाती, थारु, मधेशी, मुस्लिम, पिछडिएका क्षेत्र र वर्ग तथा अपागंता भएकाहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको केन्द्रीय सदस्य अर्जून प्रसाद जोशीले बताए ।
ज्ञापनपत्रमा उनिहरुले स्थानिय, प्रदेश र संघिय तहका निर्वाचनमा समानुपातिक समावेसिताको सिद्धान्तअनुसार उम्मेद्वार बनाउन र संविधान संशोधनका सन्दर्भमा पार्टी वा वडादेखि केन्द्रीयतह सम्म संवाद चलाइ स्पष्ट दृष्टिकोण सहितको पार्टीको अवधारणा बनाउन पनि माग गरेकाछन ।
































































