काठमाडौं– रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको “मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८०” कार्यक्रम अन्तर्गत उत्कृष्ट ११ विद्यार्थी मध्ये कक्षा ११ र १२ को औसत ग्रेडमा सबैभन्दा उच्च जीपीए हासिल गर्ने अंशु कुमारीलाई ल्यापटप प्रदान गरेको छ।


ADVERTISEMENT


कम्पनीको अनुसार, कक्षा ११ र १२ मा सबैभन्दा उच्च औसत ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने प्रतिबद्धता गरिएको थियो। यस पहलको उद्देश्य विद्यार्थीहरूलाई अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्नु र उनीहरूको भविष्यमा शैक्षिक प्रगतिको अवसरहरू सृजना गर्नु हो।


ADVERTISEMENT

# # #


“मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८०” छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरु सहभागी भएका थिए । यस छात्रवृत्तिमा पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार दोश्रो हुनेलाई ३५००, तेश्रो हुनेलाई २५०० र सान्त्वना स्वरुप थप ९ विद्यार्थी प्रत्येकलाई मासिक रुपमा रु। १५०० एक वर्षसम्म छात्रवृत्ति रकम उपलब्ध गरिएको थियो ।