काठमाडौं – विवाहित महिलाहरुको प्रतियोगियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि रक्षा पन्तले जितेकी छन् । रिबन इन्टरटेनमेन्टको आयोजनामा शनिबार नेपाल पुलिस क्लबमा आयोजित अन्तिम प्रतिस्पर्धामा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले उपाधि चुमेकी हुन् ।


ADVERTISEMENT


कार्यक्रमका मुख्य निर्णायक एवम् पूर्व आईजीपी सर्वेन्द्र खनालले साधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर रक्षाले सो उपाधि हासिल गरेकी हुन् । बुटवलकी रक्षा अभिनेत्री सुरक्षा पन्तकी बहिनी हुन् । उपाधि जितेसँगै रक्षाले सन् २०२६ मा अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि हाँसिल गरेकी छिन् ।


ADVERTISEMENT

# # #


यस्तै ‘मिसेस नेपाल वर्ल्ड २०२५’को फस्ट रनर्सअप विद्या चौहान, सेकेन्ड रनर्सअप एलिना केसी ,र थर्ड रनर्सअप निर्मला सुनुवार घोषित भएका छन् ।

प्रतियोगितामा प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेसनल भइन् भने दीपिका तामाङ एमएस नेपाल इन्टरनेसनलको विजेता भएकी छन् ।

मिसेस नेपाल इन्टरनेसनल विजेताले सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ र एमएस नेपाल इन्टरनेसनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।

सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई ३ दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्‍याएवापत मानार्थ मिसेस नेपाल वर्ल्ड २०२५ बाट सम्मानित गरियो ।

समारोहमा आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनी कान्त झालगायत सहभागी थिए ।