काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको दोस्रो संस्करणका नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँ गोर्खाजले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार अपराह्न ४ बजेदेखि सुरु हुँदैछ । पहिलो संस्करणको विजेता टोली जनकपुर जितसहित दोस्रो संस्करण सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।
प्लेइङ-११
जनकपुर बोल्ट्स : अनिल शाह (कप्तान) आसिफ शेख (विकेट किपर), किशोर महतो, ललित राजवंशी, मायन यादव, विकास आग्री, रुपेश कुमार सिंह, लाहिरु मिलान्था, निकोल लोफ्टी–इटन, सञ्जय कृष्णमूर्ति, लाहिरु समरकुन ।
काठमाडौँ गोर्खाज : करण केसी (कप्तान), शहाब आलम, भीम शार्की, राशिद खान, मोहम्मद आदिल आलम, सन्तोष यादव, आकाश त्रिपाठी, गेरहार्ड इरास्मस, मिलिन्द कुमार, जोन सिम्पसन, बेन चार्ल्सवर्थ ।
अघिल्लो संस्करणमा ८ मध्ये पाँचौँ स्थानमा समेटिएको काठमाडौँका डिफेण्डिङ च्याम्पियनलाई हराउँदै प्रतियोगिता सकारात्मक सुरुवात गर्ने दाउमा रहेको छ ।
एनपीएलमा ७ प्रदेशका १–१ वटा टोली र काठमाडौँ गरी ८ टोली रहेका छन् । स्तरोन्नती गर्दै फ्ल्ड लाइट राखेपछि त्रिवि क्रिकेट मैदानमा पहिलो पटक रात्रीकालीन खेल हुँदैछ ।



























































