काठमाडौँ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरुले घोषणा गरेको आन्दोलन नरोकिने बताएका छन् ।
सोमबार आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रसाईंले आफुहरुको मागका बारेमा सरकारलाई जानकारी गराउदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोलन नरोकिने बताएका हुन् ।
उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सवैको अधिकार भएकाले आफूहरुको आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखे ।
त्यस्तै प्रसाईंले जेनजीले उठाएका मुद्दामा भन्दा वर्तमान सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत भएको भन्दै आपत्ति जनाए । उनले आफुहरुले अघि सारेका एजेण्डाका बारेमा जनमत संग्रह गर्नुपर्ने बताए । जनमत संग्रहमा नगए आफुहरुको आन्दोलन निरन्तर अघि बढ्ने उनको भनाइ छ ।



























































