काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । सो क्रममा उनले २८ बलमा चौका र २ छक्का प्रहार गरे । यस्तै आरिफ शेखले २७, हरमित सिंहले १९, क्रिस लिनले १८ तथा विनोद भण्डारी ११ र स्टक कुगेलाइनले १० रन हान्दा अन्यले दोहोरो अंक छुन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका कप्तान सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । सो क्रममा उनले ४ ओभरमा १ मेडेन राख्दै ३२ रन खर्चिए । यस्तै नन्दन यादवले २ विकेट लिए भने मार्क वाट, विपीन शर्मा र युवराज खत्रीले समान १–१ विकेट हात पारे । कर्णालीले जवाफी ब्याटिङ गर्दैछ ।
एनपीएल दोस्रो संस्करणम निकालेको सुदूरपश्चिम दुई जित हात पारेको सुदूर पश्चिम लगातार तेस्रो जित निकाल्ने दाउमा रहेको छ । यता पहिलो खेलमा जित र दोस्रो खेलमा जित निकालेको कर्णाली दोस्रो जितको लक्ष्यमा छ ।
यसअघि आजै भएको खेलमा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो ।


























































