काठमाडौँ – नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनीले १ सय रुपैयाँ अंकित दरले १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । जसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।


ADVERTISEMENT

# # #


सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच दुई कम्पनीबीच सम्झौता भएको हो । सम्झौतामा नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको तर्फबाट प्रबन्ध संचालक रमेश कुमार भट्टराई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै कम्पनीले चाँडै आईपीओ निष्काशनको प्रक्रिया अघि बढ्ने जनाएको छ । सम्झौता समारोहमा कम्पनीका शेयरधनी विजय बहादुर शाह र कमल पन्थीको समेत उपस्थिति रहेको थियो । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पूँजी १ अर्ब तथा जारी पूँजी ५० करोड रहेको छ ।

कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार ६ वर्ष खुद मुनाफा आर्जन गरिरहेको छ । कम्पनीले गत वर्ष नगद लाभांश वितरण गरी यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको छ भने नेटवर्थ शेयरको अंकित मुल्य भन्दा बढी रहेको छ । पूर्व बैँकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह कम्पनीका अध्यक्ष रहेका छन् ।