काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को आधिकारिक प्रत्यक्ष प्रसारण साझेदार डिशहोम (गो)एप ले उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमांडौ गोर्खा बीचको रोमाञ्चक भिडन्तमा दुई लाखभन्दा बढी दर्शकसँग प्रत्यक्ष देखाउन सफल छ ।


ADVERTISEMENT


दर्शक संख्यालाई प्राविधिक भाषामा, “कन्क्युरेन्ट भ्युवर्सिप” भनिन्छ, जसले डिशहोम (गो) को तयारी र प्रविधिक क्षमता पुष्टि गर्ने कम्पनीले जनाएको छ । उद्घाटन खेलमा केही प्रयोगकर्ताहरूले प्रत्यक्ष प्रसारण हेर्न नपाएको भन्दै कम्पनीको आलोचना समेत भएको थियो । तर, यो समस्या केवल डिशहोम (गो) को नभएर, धेरै पक्षहरू संलग्न रहेको प्रणालीगत प्रक्रियाका कारण उत्पन्न भएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘विशेषतः एनपिएल सिजन पासको सदस्यता खरिद प्रक्रियामा देखिएका प्राविधिक जटिलताहरूले आइओएस् प्रयोगकर्ताहरूमा असुविधा सिर्जना गरेका थिए ।’ डिशहोम (गो)ले भनेको छ, ‘एन्ड्रोइड प्रयोगकर्ताहरूले भने सहजै सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्षम भएका थिए ।’

डिशहोम (गो) एपका इञ्जिनियरहरू र विश्वस्तरीय सहयोगी कम्पनीका विशेषज्ञहरूले लगातार समस्या समाधानमा काम गरिरहँदा पहिलो दिन धेरै समस्याहरु समाधान भएका थिए, दोस्रो दिनदेखि आइओएस् प्रयोगकर्ताहरूले पनि सहज रूपमा एनपिएल सिजन पास को सदस्यता लिएर प्रत्यक्ष खेल हेर्न सक्ने अवस्था आएको डिशहोम (गो)ले जनाएको छ ।

यसैगरी, दोस्रो र तेस्रो दिनको खेलमा लगभग सबै प्राविधिक चुनौतीहरू सफलतापूर्वक समाधान भएको र डिशहोम (गो) का आधिकारिक च्यानलहरु मार्फत प्राप्त हजारौं अनुरोधहरूलाई प्रणालीबाट एकैचोटी सक्रिय गरिएको कम्पनीले जनाएको छ । यसका साथै, कुनै प्रयोगकर्ताले दोहोरो भुक्तानी गरेका ग्राहकहरूको रकम फिर्ता प्रक्रिया सुरु भइसकेको कम्पनीको भनाई छ ।

कम्पनीले थप सहजता सुनिश्चित गर्न, बुधबारदेखि खल्ती तथा इसेवा मार्फत एनपिएल सिजन पासको भौचर खरिद गर्न सकिने व्यवस्था गरेको छ । खल्ती तथा इसेवा बाट खरिद गरिने भौचर नेपालमा मात्र प्रयोग गर्न सकिने सुविधा रहेको छ । प्रत्येक व्यक्तिले आवश्यक अनुसार जतिसक्दो भौचर खरिद गर्न सक्ने सुविधा उपलब्ध गरिएको छ, जसले घरपरिवार र साथीभाईलाई पनि सहकार्य गर्न तथा मोबाइलमार्फत सजिलै एनपिएल हेर्न सहयोग पु¥याउने डिशहोम (गो)को विश्वास छ ।

डिशहोम (गो)ले चुनौतीपूर्ण कार्य सफलता पूर्वक सम्पन्न गर्दै नेपालको इतिहासमा पहिलोपटक पूर्ण रूपमा मोबाइल एप मार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने नेपाली कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । यसरी, डिशहोम (गो) अब राष्ट्रिय सिमाना पार गर्दै विश्वस्तरीय प्रत्यक्ष प्रसारण प्लेटफर्म बन्ने यात्रा अघि बढाइरहेको छ र विश्वभरका लोकप्रिय स्ट्रिमिङ सेवाहरूको सूचीमा आफ्नो स्थान सुरक्षित बनाइसकेको छ ।

यसबारे डिशहोम (गो) एपका आधिकारिक प्रवक्ताले भने, ‘पहिलो दिनमा केही असहज भए पनि दोस्रो र तेस्रो दिनदेखि सबैले पूर्ण रूपमा सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्ने स्थिति आएको छ । हामी यस उपलब्धिलाई नेपाली प्रत्यक्ष प्रसारण क्षेत्रमा ऐतिहासिक उपलब्धि मान्छौं ।’

साथै उनले दोहोरिएको भुक्तानी रकम फिर्ता गर्ने प्रतिबद्ध रहेको समेत जनाएका छन् ।