काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको हो । चितवनका लागि रवि भोपाराले अर्धशतकीय पारी खेले । सो क्रममा उनले ३८ बलमा ३ चौका र ४ छक्का ठोक्दै सर्वाधिक ६५ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


यस्तै कप्तान कुशल मल्ल १४ बलमा १ चौका र १ छक्का हान्दै २० रनमा नटआउट रहे भने सेब जैवले ३० बलमा १ चौका र १ छक्काको मदतमा ३२, देव खनालले २२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ र डेबिड मलानले १७ रन जोडे ।

कलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डि लांगेले समान २–२ विकेट लिए । सो क्रममा ४ ओभरमा सन्दीपले २४ र डि लांगेले २७ रन खर्चिए । शुभम रन्जानेले १ विकेट लिँदा अन्य बलर भने विकेटविहीन रहे । विराटनगरले जवाफी ब्याटिङ गर्दै छ ।

२ खेलमध्ये १ मा जित हात पारेको चितवन दोस्रो जितको खोजीमा रहेको छ ।

यता लगातार तील खेलमा जित निकालेको विराटनगर आफ्नो अपराजित यात्रालाई कायमै राख्ने दाउमा रहेको छ ।