काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले पहिलो हार व्यहोरेको छ । बुधबार चितवन राइनोजले विराटनगर किंग्सलाई रनले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगर ओभरका सबै विकेट गुमाउँदै रनमै समेटिएको हो ।
विराटनगरका लागि नवौँ स्थानमा आएका मर्चेन्ट डि लांगेले सर्वाधिक ३९ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २२ बलमा २ चौका र ४ छक्का ठोके । १२. ओभरमा ६४ रन बनाउँदा ८ किेट गुमेको दयनीय अवस्थामा ब्याटिङमा आएका उनले विराटनगरको इज्जत जोगाए ।
त्यसपछि दशौँ नम्बरका ब्याटर प्रतिश जिशीले १२ बलमा ३० रन हाने । सो क्रममा उनल २ चौका र ३ छक्का ठोके । यस्तै साम हिजलेटले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ चितवनका रन्जित कुमारले ५ विकेट चट्काए । जारी एनपीएलमा पहिलो ५–विकेट–हल गरेका उनले ४ ओभरमा २१ रन मात्रै खर्चिए । यस्तै कमलसिंह ऐरीले २ विकेट लिए भने सोहेल तानवीर, शेव जैव र कुशल मल्लले समान १–१ विकेट लिए ।
यअिघि चितवनका लागि रवि भोपाराले अर्धशतकीय पारी खेले । सो क्रममा उनले ३८ बलमा ३ चौका र ४ छक्का ठोक्दै सर्वाधिक ६५ रनमा आउट भए ।
यस्तै कप्तान कुशल मल्ल १४ बलमा १ चौका र १ छक्का हान्दै २० रनमा नटआउट रहे भने सेब जैवले ३० बलमा १ चौका र १ छक्काको मदतमा ३२, देव खनालले २२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ र डेबिड मलानले १७ रन जोडे ।
कलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डि लांगेले समान २–२ विकेट लिए । सो क्रममा ४ ओभरमा सन्दीपले २४ र डि लांगेले २७ रन खर्चिए । शुभम रन्जानेले १ विकेट लिँदा अन्य बलर भने विकेटविहीन रहे ।


























































