काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले तेस्रो जित हात पारेको छ । शुक्रबार चितवन राइनोजविरुद्ध काठमाडौँ ५३ रनले विजयी भएको हो ।


ADVERTISEMENT


शुक्रबार काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४२ रन बनायो । १४३ रनको चुनौती पच्छयाएको चितवन ८९ रनमै अलआउट भएको हो ।


ADVERTISEMENT

# # #


चितवनका लागि देव खनाल र रवि भोपाराले समान २१ २१ रन बनाए । यस्तै शोहेल तानवीरले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

चिनवनलाई सस्तैमा समेट्ने क्रममा काठमाडौँका रासिद खानले सर्वाधिक ३ विकेट लिए । १.३ ओभर मात्रै बलिङ गरेका उनले ३ रन मात्रै खर्चिए । यस्तै कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमका नाममा समान २–२ विकेट रह्यो । यस्तै सन्तोष यादवले १ विकेट हात पारे ।

यसअघि काठमाडौँका लागि जोन सिम्प्सनले सर्वाधिक ६० रन बनाए । सो क्रममा उनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ३८ र बेन चार्ल्सवोर्थले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ चितवनका सोहेल तानबीरले समार्वाधिक ४ विकेट लिए । त्यसक्रममा उनले ४ ओभरमा २५ रनमात्रै खर्चिए । यस्तै रञ्जित कुमार र कमलसिंह ऐरीले समान २–२ विकेट हात पारे । रवि भोपाराका नाममा १ विकेट रह्यो ।

आजको जितसँगै काठमाडौँ गोर्खाज् अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने चितवन तेस्रोबाट चौथो स्थानमा झरेको छ ।

एनपीएलमा आजै अर्को खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्दैछन् ।