जनकपुरधाम–प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट उचित सहयोग नपाएको हाकाहाकी गुनासो गरिरहेका छन् ।


ADVERTISEMENT


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण क्रममा प्रदेश २ प्राथमिकतामा परेकोमा उत्साहित देखिएका मुख्यमन्त्री राउत संघीय सरकारसँग भने रुष्ट देखिएका छन् ।


ADVERTISEMENT

# # #


प्रदेश सरकारले संसदबाट तीन हप्ता अगावै पारित गरिसकेको चालु आर्थिक बर्षको अन्तिम चौमासिक बजेटसमेत हालसम्म संघीय सरकारबाट प्राप्त गर्न नसकेको राउतको मुख्य गुनासो हो ।

मोदीजीको स्वागतका लागि धेरै तयारी गर्नुपरेको छ । प्रदेश सरकार आफैं व्यवस्थित भइनसकेका बेला यतिका खर्च व्यवस्थापन गर्नु सहज छैन” राउतले बिहीबार भने, “स्वागतको तयारीमा जे जति खर्च भइरहेको छ सबै उधारोमा हुँदैछ ।” – आजको नागरिक दैनिकबाट