काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर २ लाख ५३ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार सामान्य बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


























































