काठमाडौं– सरकारले प्रशासनिक संरचनामा समायोजन गर्दै तीन उच्च अधिकारीका जिम्मेवारी परिवर्तन गरेको छ।


ADVERTISEMENT


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ।


ADVERTISEMENT

# # #


त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सचिव हरिकुमार मैनालीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकले सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको जानकारी दिए ।