काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनले पार्टीलाई एकढिक्का बनाउने बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रेस चौतारी नेपालले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा पौडेलले ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने बताएका हुन् । उनले एमाले पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उनले एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा फेरी पनि पार्टी अघि बढ्ने जिकिर गरे । महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउँदै पौडेलले आफू लाखौँ कार्यकर्ता जस्तै कार्यकर्ता भएको बताए । उनले अध्यक्ष र महासचिव बाहेकका पदमा आफ्नो उम्मेदवारी दर्ता हुने उल्लेख गरे । एमाले विरुद्ध चौतर्फी घेराबन्दी भएको बताउँदै पौडेलले तर ती घेराबन्दी गर्नेलाई जनताले घेराबन्दी गर्ने स्पष्ट पारे ।

फरक प्रसङ्गमा उनले अहिले संविधान लिक बाहिर भएकोले त्यसलाई लिकमा ल्याउनु पर्ने बताए । सरकार चुनाव गराउने मनस्थितिमा नरहेको बताउँदै उनले चुनाव भन्ने भन्दा पनि गर्ने कुरा भएको बताए ।