काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् ।


ADVERTISEMENT


बुधबार जनकपुरमा बसेको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नलिइ राजीनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्री यादवले प्रदेशसभामा मन्तव्य राखिरहदा विपक्षी दलका सांसदहरु बैठक कक्षबाट बाहिरिएका थिए भने एमालेसहित सत्तापक्ष सांसदहरु मात्रै बैठकमा बसेका थिए ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री यादवले एमालेसहित तीन दलका सांसदमात्रै बैठकमा रहेका अवस्थामा कुर्सीसंग विश्वासको मत नमाग्ने भन्दै राजीनामाको घोषणा गरे । उनले एमालेले सबै दललाई सहयोग गरे पनि अन्य दलले एमालेलाई साथ नदिएको गुनासो गरे । एमालेलाई आखा अगाडि विश्वासको मत दिन्न भन्ने हिक्मत नभएर विपक्षी दलका सांसदले बैठक बहिष्कार गरेको उनले बताए ।

उनले एमालेलाई असहयोग गर्ने दलहरुलाई जनताले नजिकबाट नियाल्ने जिकिर गर्नुभयो । २४ घण्टाभित्र विश्वासको मत लिन सर्बोच्चले परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिन खोजेका थिए ।