काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल अपराह्न ४ः०० बजे सुरु हुँदैछ ।
एनपीएलको प्लेअफको सम्भावनालाई जीवितै राख्न आज लुम्बिनीलाई आज जित्नै पर्ने दबाब रहेको छ भने विराटनगरले आज जितेमा प्लेअफमा पुग्नेछ ।
विराटनगरबाट आज दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डु प्लेसिस खेल्दैछन् । उनी एनपीएलका लागि अस्ति मात्रै नेपाल आइपुगेका थिए ।


























































