काठमाडौँ – नेपाली कांग्रेस सुधार अभियान मकवानपुरको संयोजकमा पुरुषोत्तम ठकुरी मनोनित भएका छन् । नेपाली कांग्रेसलाई नवयुवा पुस्तासँग जोड्दै पार्टीप्रति युवाहरुको आकर्षण बढाउने उद्देश्यका साथ सुरु भएको अभियानले सबै जिल्लामा संयोजक तोक्ने क्रममा ठकुरीले मकवानपुरको जिम्मेवारी पाएका हुन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसको आमुल सुधार, रुपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न भन्दै उक्त अभियान सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


भ्रष्टाचारको विरुद्धमा खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीको तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको व्यवस्था गराउन र लोकतन्त्रको संरक्षण, संवर्द्धनका लागि खवरदारी, नयाँ बहस र पैरवी गर्नका लागि अभियानको लक्ष्य रहेको छ ।