काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४१ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।


ADVERTISEMENT


संस्थाले आफ्नो तर्फबाट ३० लाख रुपैयाँ र कर्मचारीहरूबाट संकलित ११ लाख ३९ हजार ७५२ रुपैयाँ गरी कुल ४१ लाख ३९ हजार ७५२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ।


ADVERTISEMENT

# # #


२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै संस्थाले विपद्को यस कठिन घडीमा बाढीपीडितको साथमा रहेको जनाएको छ।

सरकारले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा टेवा पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ। संस्थाले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति समेत प्रकट गरेको छ।