लेटाङ — मोरङको लेटाङ नगरपालिका–२ मा घरबाट हराएकी १२ वर्षीया बालिका झाडीभित्र मृत फेला परेपछि भइरहेको अनुसन्धानमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।


ADVERTISEMENT


बालिका २०७९ असोज २१ गते दिउँसो २ बजे घरबाट बाहिर निस्किएपछि हराएको भन्दै परिवारले खोजतलास गरेका थिए। तर लामो समयसम्म फेला नपरेपछि २०७९ कार्तिक ७ गते बिहान ११स्३० बजे लेटाङ–२ स्थित वेलवारी चिसाङ सामुदायिक वनभित्र झाडीमा नाम, थर र उमेर नखुलेको अवस्थामा छुट्टाछुट्टै शरीरका भागहरू भेटिएको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #


सडगलन भइसकेको शवमा भेटिएका कपडा, हाफ पाइन्ट, चप्पल र घडीका आधारमा परिवारले ती नै हराएकी बालिका भएको पुष्टि गरेका थिए।

घटनालाई जघन्य र संवेदनशील मानेर केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले विस्तृत अनुसन्धान थालेको थियो। सोही क्रममा संकलित सूचनाको आधारमा प्रहरीले पदम बहादुर अधिकारी (५८), मोरङ लेटाङ–२ फडानीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार अधिकारीले विभिन्न प्रलोभन देखाएर करिब ४ देखि ५ किलोमिटर दूरीमा रहेको वेलवारी चिसाङ सामुदायिक वनभित्र लगेर हसियाले घाँटी रेटी बालिकाको विभत्स हत्या गरेको आरोप लागेको छ। उनलाई २०७९ मंसिर १९ गते फडानीबाट पक्राउ गरी ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।