काठमाडौं – डिशहोमले निरन्तर नयाँ प्रविधीको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई, “खुशी” सार्वजनिक गरेको छ ।
डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले पछिल्ला समयहरुमा निरन्तर प्रविधि – आधारित नवप्रवर्तन गर्दै आएको छ। ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यले डिशहोमले केही समय अघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो, जसमार्फत डिशहोमका ग्राहकले होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा, इलेक्ट्रोनिक सामान लगायत २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउने सुविधा प्राप्त गर्दै आएका छन् ।
त्यसपछि, डिशहोमले नेपाल प्रिमियर लिग २०२५ लाई आफ्नै डिशहोम गो नामक ओटीटी प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण गरी उद्घाटन खेलमा दुई लाखभन्दा बढी दर्शकलाई एकै पटक खेल देखाउन सफल भई नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा ऐतिहासिक कदम चाल्यो ।
हाल एनपिएल चलिरहेको नै छ । यही निरन्तर नवप्रवर्तनको यात्रालाई थप उचाइमा पुर्याउँदै, डिशहोमले अब डिशहोम एआई ‘खुसी’ सेवा सार्वजनिक गरेको छ ।


























































