काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य गणेश लामा उम्मेदवारका लागि सिफारिस भएका छन् ।
आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभातर्फ उम्मेदवारहरू सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय सभापति दिनेश लामाले जानकारी दिए ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ गणेश लामा, गुणराज मुक्तान, तीर्थबहादुर पसखल, बिदुर बस्नेत, रसिला खनाल तथा समानुपातिकतर्फ हर्षजित लामा, ललिता किङरिङ, हरिबहादुर बल, मीरा नेपाली, उद्धव कोइराला, बाबुराम गिरीको नाम सिफारिस भएको छ।
त्यसैगरी, राष्ट्रिय सभातर्फ ईन्द्रमणि अधिकारी र ईश्वरीप्रसाद ओझाको नाम सिफारिस भएको छ।



























































