सिन्धुली – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले कर्मचारी संयन्त्रले नागरिकलाई केन्द्रमा राखेर सेवा दिनुपर्ने बताएका छन् ।
सिन्धुलीको तीनपाटन गाउँपालिकामा स्वास्थ्य, शिक्षा, प्रशासनलगायतका सेवाका कर्मचारीलाई निर्देशन दिँदै मुख्यमन्त्री बानियाँले नागरिकले सेवा पाए मात्र प्रदेश सरकारप्रति विश्वास आर्जन हुने बताए ।
नागरिकलाई कुनै पनि सेवा पाउन कठिनाइ नहोस्, इमान्दारीपूर्वक सेवा दिनुहोला, उनले भने, कर्मचारीका समस्या भए हामी समाधान गर्छौं, कर्मचारी साथीहरूले पनि डेलिवरीमा पूर्ण योगदान गर्नुस् । त्यसपछि मात्र हामीले प्रदेश सरकारको महत्व स्थापित गर्न सक्छौं ।



























































