काठमाडौं – भक्तपुरको सल्लाघारीमा जारी नेकपा (एमाले) ११औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता अमित लामा आयोजनात्मक तथा व्यवस्थापन जिम्मेवारीका साथ सक्रिय रूपमा खटिएका छन्। उनले यसपटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आकांक्षा रहेको बताए।
काभ्रेको सामान्य परिवारमा जन्मिएका लामा सानैदेखि व्यवसायमा संलग्न हुँदै उद्यमशील जीवनका बीच राजनीतिमा प्रवेश गरेका हुन्। व्यवसाय सञ्चालन र पारिवारिक चुनौतीसँगै उनले युवा उमेरमै एमालेको यात्रा सुरु गरेका थिए। राजनीतिक उठापटकका कारण समय–समयमा कठिनाइ खेप्नुपरे पनि उनले पार्टी गतिविधिलाई प्राथमिकता दिँदै व्यक्तिगत तथा व्यवसायिक अवसरहरू त्याग्दै अघि बढेको बताएका छन्।
‘जेन–जी’ आन्दोलनपछि राजनीतिक दलका शीर्ष नेताहरू सुरक्षा जोखिममा परेका बेला लामाले पार्टी अध्यक्ष केपी शर्मा ओलीका निम्ति छुट्टै सुरक्षा संरचना गठन गरेका थिए। त्यसपछि पार्टी, अध्यक्ष तथा केन्द्रीय कमिटी बैठकको सुरक्षा र व्यवस्थापनमा समेत उनी खटिए।
लामाले युवालाई सिर्जनशील, रचनात्मक र आत्मनिर्भर बनाउनुपर्ने एजेन्डा अघि सार्दै एमाले युवामैत्री पार्टी भएको सन्देश देशभर पुर्याउने लक्ष्य व्यक्त गरेका छन्। उनले महाधिवेशनमा खुला क्लस्टरबाट उम्मेदवारी दिने तयारी अन्तिम चरणमा पुगेको बताए।
एमाले काभ्रे जिल्ला कमिटीमा तीन कार्यकाल विभिन्न जिम्मेवारी सम्हालेका लामा हाल प्रदेश कमिटी सदस्यका रूपमा कार्यरत छन्। कार्यरत छन्।



























































