काठमाडौँ – राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।


ADVERTISEMENT


मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उपाध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गरिन् । शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।

उनले अहिलेको मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकांक्षाबमोजिमका योजनाको तयारी गर्न निर्देशन दिइन् । अहिलेको परिस्थितिको राम्रोसँग अध्ययन गरी मुलुकको साख उठाउने हिसाबले काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले आयोगका उपाध्यक्ष र सदस्य नियुक्तिसम्बन्धी निर्णय गरेको थियो ।