काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन भाड्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन् ।


ADVERTISEMENT


आइतबार पार्टी कार्यालय बनस्थलीमा पुगेर समर्थकलाई सम्बोधन गर्दै लामिछानेले संसद पुनसर््थापनाका नाममा निर्वाचन भाड्ने षडयन्त्र गर्न खोजिएको भन्दै यस्तो षडयन्त्र नगर्न चेतावनी दिएका हुन् । देश कमजोर भएका बेला एकजुट भएर लाग्नुपर्ने भन्दै लामिछानेले मुलुकलाई लुछ्ने सोच कसैले पनि राख्न जरुरी नरहेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न र सुशासन कायम गर्न सरकारको साथमा रास्वपा रहेको बताए । नयाँ भनिएका शक्तिहरु एकढिक्का भएर चुनौतीको सामना गर्न तयार रहेको उनको भनाई छ ।

लामिछानेले दुई तिहाइको दम्भ राखेर नेपाली जनतालाई बेच्नेहरुलाई जोगाउन फेरि संसद् ब्युँझाउने सपना नदेख्न सुुझाव समेत दिए ।