काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न पुस २९ गते, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ११ बजे शुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने भएको छ। पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निकषशन गर्ने, हकप्रद शेयरबाट प्राप्त हुने रकम दिब्यज्योति हाइड्रोपावरद्वारा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपूँजी लगानी गर्ने, सोसम्बन्धि कार्य गर्न र अपि होल्डिङ्गस कम्पनीमा हालसम्म भएको स्वपूँजी लगानी अनुमोदन तथा थप स्वपूँजी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।



























































