काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ महागरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई जहाँबाट उठेपनि हराउने जिकिर गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दैै हर्कले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका बालेनलाई हराउने बताएका हुन् ।
उनले भनेका छन्, ‘बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !’ रास्वपा र बालेनसँग एकतामा नआई एक्लै निर्वाचनमा जाने निर्णय गरेका हर्क पछिल्लो समय रास्वपा र बालेनविरुद्ध चर्को रुपमा खनिँदै आएका छन् ।



























































