काठमाडौं– कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला ३ हजार १०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।































































