काठमाडौं– गोदावरी नगरपालिका–१ स्थित बिशंखु नारायण मन्दिर आसपासको डाँडो अवैध रूपमा कटान गरी राति–राति ठूलो परिमाणमा माटो तस्करी भइरहेको स्थानीयले गुनासो गरेका छन्।
स्थानीयका अनुसार दैनिक करिब ४० वटा टिपर प्रयोग गरी माटो निकालेर महालक्ष्मी नगरपालिका–८ हुँदै ओसारपसार भइरहेको छ। स्थानीयवासीले गोदावरी नगरपालिकाले ७ लाख रुपैयाँ लिएर उत्खननको स्वीकृति दिएको आरोप लगाएका छन्।
साथै, महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिले समेत पैसा लिएर टिपरहरूलाई बाटो प्रयोग गर्न दिएको दाबी गरिएको छ। रातिको समयमा टिपरको आवतजावत बढेपछि महालक्ष्मी नगरपालिका–८ स्थित फुलबारी बस्तीका बासिन्दा त्रसित बनेका छन्।
स्थानीयले अवैध उत्खननका कारण धार्मिक स्थलको आसपासको भू–भाग जोखिममा परेको र वातावरणीय क्षति भइरहेको भन्दै तत्काल अनुगमन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उ































































