काठमाडौँ – सिंगटी हाईड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


एक कार्यक्रमका बिच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


कम्पनीको सोह«ौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १ः१ को अनुपातमा रू.१०० अंकित दरको जम्मा ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने पारित भएको थियो ।

कम्पनीले उक्त निष्काशनबाट प्राप्त रकम अन्य हाइड्रोपावर कम्पनीहरुबाट प्रवर्धन गरेको ६१.११ मेगा वाटको नारखोला जलविद्युत आयोजना तथा ८६.५९ मेगा वाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गरिने कम्पनीका प्रबन्ध संचालकले जानकारी गराएको छ ।