नुवाकोट- त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका २ जनालाई हेलिकप्टर मार्फत काठमाडौं पठाएको छ ।


ADVERTISEMENT


३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनको आज उद्धार भएको थियो । शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए ।


ADVERTISEMENT

# # #


बाढी आएको १० औं दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले उनीहरुको उद्धार गरेको हो ।