काठमाडौं – कारोबार हुने साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा २ हजार रुपैयाँले ओरालो लागेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन छापावाला सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


यता, चाँदीको मूल्य पनि तोलामा १०० सय रुपैयाँले घटेर प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।