काठमाडौं – रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका कबीर महर्जनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार सुरु गरिएको छ ।


ADVERTISEMENT


बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका महर्जनलाई उद्धारपछि प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत छाउनीस्थित सैनिक अस्पताल ल्याइएको थियो । जीवित उद्धार भएपछि कबीरका आफन्तजनहरु सैनिक अस्पताल पुगेका छन् ।


ADVERTISEMENT

# # #


सो क्रममा गरिएका कबीर महर्जनकी श्रीमती हीराशोभा महर्जनले सकुशल उद्धार र उपचारमा खटिने नेपाली सेना , चिकित्सक टोली, आफन्तजन तथा नेपाल सरकारलाई विशेष धन्यवाद व्यक्त गरे । उहाले हेलिकप्टरबाट ल्याउँदा सुरुमा आफन्तलाई चिन्न नसकेको र केवल “म कहाँ छु, मलाई के भएको हो?“ मात्र भनेको जानकारी दिए ।

परिवारले दिन–रात नभनी विगत १० दिनदेखि चिन्ता र पर्खाइमा बिताएको र उद्धार भएको खबर र तस्बिर देखेपछि परिवारमा खुसीको आँसु आएको र सबैजना निकै भावुक बनेको महर्जनले बताए ।