काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको समितिको बैठकले नेपाली काँग्रेसको विशेष महाधिवेशन आयोजना गर्न भन्दै गरेको हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको हो ।
उक्त हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका छन् । आजको बैठकमा विशेष महाधिवेशन पक्षका अर्का महामन्त्री विश्वप्रकाश शर्मा उपस्थित थिएनन् ।































































