काठमाडौैँ – नेपाली काँग्रेसको विशेष महाधिवेशन बोलाउन माग गर्नेलाई हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने काँग्रस कार्यसम्पादन समितिको निर्णयप्रति महामन्त्री गगन थापाले असहमति जनाएका छन् ।


ADVERTISEMENT


बिहीबार बसेको समितिको बैठकमा हस्ताक्षर फिर्ता लिन अनुरोध गर्दा पार्टीका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले राखेको प्रस्तावमा गगनले आफ्नो असहमति दर्ज गराएका हुन् । आसन्न प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले विधान अनुसार महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको अधिकार भएकाले यसलाई कसैले रोक्न नसक्ने स्पष्ट पारे । विधानको पालनाको गर्दा पार्टी विभाजनको हौवा पिटिएको भन्दै उनले आफूहरु कसैले पनि पार्टी विभाजन हुन नदिने उल्लेख गरे ।

बैठकपछि कांग्रेस नेता एनपी साउदले कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिए । पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नरहेकाले देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको उनले बताए ।

बैठकले विशेष महाधिवेशन भन्ने भेला रोक्नका लागि अपील गर्ने निर्णय गरेको उनले बताए ।