काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ।


ADVERTISEMENT


मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो। एकैदिन उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ। आज १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ४४ हजार ८५ रुपैयाँ थियो।


ADVERTISEMENT

# # #


यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा ५ हजार ८८० रुपैयाँ थियो। १० ग्राम चाँदीको मूल्य ५ हजार ७६ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।