काठमाडौँ – गत २३ र २४ भदौमा भएको जेन–जीहरूको प्रदर्शनका क्रममा सहीद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।


ADVERTISEMENT


सहीद दिवसका अवसरमा शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहीदहरुको सम्झनामा सहीद परिवार, घाइते परिवार लगायत युवाहरुले दीप प्रज्वलन गरेका थिए । जेनजी आन्दोलनका क्रममा संसद् भवन आसपासका क्षेत्रमा धेरै युवाहरु सहीद भएका थिए ।


ADVERTISEMENT

# # #


दीप प्रज्वलनमा सहभागीहरुले सहीदको सपना पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।