काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकढिक्का भएर निर्वाचनमा केन्द्रीत भएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार धनुषामा आयोजित कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनपछि पार्टीभित्र केही समस्या देखिएपछि अहिले पार्टी एकढिक्का भएर निर्वाचनमा केन्द्रीत भएको बताएका हुन् । उनले आफू निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरुसंग निरन्तर सम्वादमा रहेको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


निर्वाचनका बेला पुराना कुरालाई दिएर अल्झिने छुट कसैलाई नरहेको उनको भनाई छ । उनले अहिले पार्टीभित्र कुनै गुट नरहेको बताए । त्यस्तै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक छिटै बस्ने र अनुशासन समिति गठन गरिने जानकारी दिए । उनले निर्वाचनका बेला आफ्ना उम्मेदवारहरुलाई असहयोग गरेको उजुरी आएर प्रमाणित भए जोसुकैलाई कारवाही गर्ने स्पष्ट पारे ।

उनले पुरानादेखि जेनजी सबैको भावनालाई आत्मसाथ गर्ने पार्टी कांग्रेसमात्रै भएको बताए । मधेशलाई कांग्रेसले कहिल्यै उपेक्षा नगरेको भन्दै थापाले मधेशका जनताले कांग्रेसलाई विश्वास गर्ने जिकिर गरे ।