काठमाडौँ – गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि रु ४० लाख बजेट विनियोजन गरेको जनाएको छ ।


ADVERTISEMENT


महाशिवरात्रि पर्वको तयारीबारे मंगलबार संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थानका प्रवक्ता एवं मुख्य कानून अधिकृत जनक पोखरेलले गुठीको कूल बजेटमध्ये यस वर्षको महाशिवरात्री पर्वमा दाउरा खरिदका लागि रु ८ लाख रुपैया र पर्व सञ्चालनका लागि ३२ लाख रुपैया गरि ४० लाख रुपैया बजेट बिनियोजन गरेको जानकारी दिए । संस्थानले यस वर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ ।


ADVERTISEMENT

# # #


पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा रहेका साधुसन्तका लागि दाउरा खरिद, उनीहरुको भोजनको प्रबन्ध तथा धुनीका लागि स्थान व्यवस्थापन लगायतका काम गरिएको प्रवक्ता पोखरेलले बताए ।

फागुन ३ गते महाशिवरात्रीका दिन संस्थानको पशुपति शाखा कार्यालयबाट पञ्चामृतसहित पूजा सामाग्री पशुपतिनाथको मन्दिरमा अर्पण गरिने र सोही दिन बेलुका मन्दिर वरपर बत्ति बालिने उनले जानकारी दिए ।

त्यसैगरि फागुन ५ गते शिवरात्रीका लागि पशुपति आएका साधुसन्तलाई योग्यता बमोजिम दक्षिणासहित विदाई गरिने संस्थानले जनाएको छ । साधु, सन्त महन्तलाई शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा, भोजन, जलपानको व्यवस्था गरिएको संस्थानले जानकारी दिएको छ ।