काठमाडौं – बुधबार नेप्से परिसूचक करिब स्थिर रहेको छ। आज नेप्से परिसूचक ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ। नेप्से करिब स्थिर रहेपनि आज कारोबार रकम भने सामान्य बढेको छ।


ADVERTISEMENT


अघिल्लो कारोबार दिन मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


ADVERTISEMENT

# # #


रिडी पावर कम्पनीको शेयरमूल्य ९.६७ प्रतिशत बढेको छ। त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ४७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ६२ करोड रुपैयाँ नाघेको छ भने सिंगटी हाइड्रो इनर्जीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। बाँकी उपसमूहहरुको परिसूचक यस दिन सामान्य अंक घटेको छ।