काठमाडौं – स्थानीय बजारमा आज एक तोला सुनको मोल ३ लाख ३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ ।


ADVERTISEMENT


बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० र एक तोला चाँदीको मोल ५ हजार ३४० मा कारोबार भएको थियो । यसैगरी, बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल ५ हजार २९० कायम भएको थियो ।


ADVERTISEMENT

# # #


गत मङ्गलबार प्रतितोला सुन ३ लाख ५ हजार ५०० र एक तोला चाँदीको मोल ५ हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी ५ हजार २५० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ६५ र त्यति नै चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।