काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहोल तातिएको छ । यसैक्रममा नेकपा उम्मेदवार रेनु दाहालले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् ।


ADVERTISEMENT


भरतपुर महानगरपालिकाकी निवर्तमान मेयरसमेत रहेकी दाहालले घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा, समस्या र सुझावहरू संकलन गर्दै विकासका एजेण्डासहित मत मागिरहनुभएको छ । भरतपुर वडा नं. २६ लहुरेचोकबाट घरदैलो सुरु गर्दै वडाका सबै टोल टोलपुगेर दाहालले आफू नयाँ अनुहार नभई काम गरेर देखाइसकेको व्यक्ति भएको भन्दै जनतासँग गरेको वाचा पूरा गरिछाड्ने बताएकी छन् ।


ADVERTISEMENT

# # #


कृषि, पर्यटन र शिक्षाका मुद्दालाई जोडेर चितवनको विकास गर्ने आफ्नो एजेन्डा रहेको भन्दै उहाले निकुञ्ज ऐनमा संशोधनगरि नयाँ ऐन ल्याउनुपर्ने उल्लेख गरेकी छन् ।

दाहालले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनलाई आफ्नो प्राथमिकतामा राखेकी छन् ।

चितवन– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोविता गौतम पनि चूनावी मैदानमा छन् । उनले पनि आफ्नो घरदैलो अभियान तीव्र पारेकी छन् । मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनको भनार्य छ ।

सो क्षेत्रमा यसअघिको निर्वाचनमा राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका थए ।