काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT


उपत्यकाका विभिन्न ठाउँहरूबाट विभिन्न मितिमा हराएका तथा चोरी भएका २९ ओटा मोटरसाइकल र २३ ओटा स्कुटर खोजतलासको क्रममा फेला पारिएका हुन्। आवश्यक कागजी प्रक्रिया तथा पहिचान पुष्टि गरेपछि ती सवारी साधन सम्बन्धित धनीलाई बुझाइएको एसएसपी अधिकारीले जानकारी दिए । चालु आर्थिक वर्षमा मात्रै ट्राफिक प्रहरीले ३३९ थान स्कटर, मोटरसाइकल फेला पारी धनीलाई बुझाएको छ ।


ADVERTISEMENT

# # #


यस अवसरमा प्रमुख अधिकारीले सवारी चोरी नियन्त्रण तथा हराएका सवारी साधनको खोजी कार्यलाई थप प्रभावकारी बनाइने बताए।

साथै सवारी साधन सुरक्षित रूपमा पार्किङ गर्न, लक प्रणाली प्रयोग गर्न र शंकास्पद गतिविधिबारे तुरुन्त प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरे । ट्राफिक प्रहरीले पछिल्लो समय चोरी भएका सवारी साधनको खोजी तथा नियन्त्रण अभियानलाई तीव्रता दिँदै आएको जनाएको छ।