काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको कानुन संकायले बीएएलएलबी सातौँ सेमेस्टरको परीक्षाफल प्रकाशित गरेको छ । पछिल्लो समय देखाउँदै आएको लिखिन नतिजा प्रकाशनको रफ्तारलाई निरन्तरता दिँदै संकायले ११ दिनमै नतिजा प्रकाशित गरेको हो ।
उक्त परीक्षा गन महिना माघ २१ गतेदेखि माघ २९ गतेसम्म सञ्चालित भएको थियो । परीक्षाको नतिजामा चित्त नबुझ्ने २० दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।
डा. डीएन पराजुली डीन भएसंगै नतिजा प्रकाशनमा चमत्कारिक रफ्तार भएको हो । पछिल्लो समय संकायले परीक्षा सकिएको १०–११ दिनभित्रै नतिजा प्रकाशित गर्दै आएको छ ।


























































