काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा तनहुँ क्षेत्र नम्बर १ मा राजनीतिक दल र उम्मेदवारहरुले चूनावी प्रचारलाई तीव्रता दिएका छन् ।


ADVERTISEMENT


तनहुँ क्षेत्र नं. १ मा १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । सो क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका रामचन्द्र पौडेल बिजयी भएका थिए ।


ADVERTISEMENT

# # #


पौडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा रास्वपाका डा स्वर्णिम वाग्ले बिजयी भएको थियो । यसपटक पनि वाग्ले चूनावी मैदानमा छन् ।

उनले घरदैलोमार्फत जनताका कुरा सुन्दै आफ्ना एजेण्डाहरुका बारेमा समेत जानकारी गराइरहेका छन् ।

तनहुँ क्षेत्र नं. १ मा रास्वपाबाट वाग्लेका साथै नेकपा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट भगवती न्यौपाने, नेकपाबाट विद्यानाथ ढकाल, राप्रपाबाट रामदत्त जोशी लगाएत प्रतिष्पर्धामा छन् । तनहुँ–१ मा एक लाख ३६ हजार ११८ मतदाता रहेका छन् ।