काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कुनै प्रतिशोध नराखी ४६ साल पछिका सबै प्रकरणको छानबिन हुने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार इटहरीमा आयोजित चूनावी परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारप्रति रास्वपा निर्मम भएर अघि बढ्ने भन्दै कुनै प्रतिशोध नराखी ४६ साल पछिका सवै प्रकरणको छानविन हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले विधिको शासन स्थापित गर्दै मुलुकमा सुशासन कायम गरिने धारणा राखे । समयमा काम गर्ने निर्माण व्यवसायीलाई डोरीले नभई नीतिले बाध्ने कुरा रास्वपाले गरेको भन्दै लामिछानेले राम्रा काम गर्ने निर्माण व्यवसायीलाई देशको नीतिले रक्षा गर्ने वातावरण बनाउने स्पष्ट पारे ।

त्यस्तै उनले सहकारीका विषयमा आफूलाई धेरै आरोपमाथि आरोप लगाएपनि रास्वपा नेतृत्वको सरकार बनेपछि सय दिनभित्र बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्ने बताए । लामिछानेले देशमा परिवर्तनका लागि योगदान दिन आह्वान समेत गरे ।

त्यस्तै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले नयाँ उद्योग कलकारखाना स्थापनका लागि १० जना नेतालाई ढोग्ने परम्परा र चन्दा दिनुपर्ने अवस्थालाई रास्वपाले अन्त्य गर्ने बताए । उनले कोशीमा प्रचुर औद्योगिक वातावरण बने पनि अघि बढ्न नसकेको उल्लेख गर्दै समग्र पूर्वी क्षेत्रको विकास गर्न रास्वपा तयार रहेको धारणा राखे ।

शाहले देशलाई जोगाउने पार्टी बनेर रास्वपाले जनताको मत जित्ने जिकिर गरे ।