काठमाडौं – कारोबार हुने साताको चौर्थौ दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।


ADVERTISEMENT

# # #


आज चाँदी प्रतितोला ५ हजार ७ सय १५ पुगेको छ। मंगलबार चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भएको थियो। यसअनुसार चाँदीमा प्रतितोला रु १३० ले वृद्धि भएको महासंघले जनाएको छ।