काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ पार्टी अघि बढेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सबैलाई समेटेर जनताले चाहेको जस्तो देश बनाउन पाँच बर्षको स्पष्ट भिजनका साथ पार्टी अघि बढेको बताएका हुन् । उनले संविधान संशोधन गर्दै देशलाई अघि बढाउन सवैको साथ आवश्यक रहेकाले निषेधको राजनीति गर्ने मनोवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


नयाँका नारामा बहकिदा यसअघि देशका महत्वपूर्ण समय खेर गएको भन्दै सभापति थापाले पुराना र नयाँको नारामा नभइ स्पष्ट भिजन भएका पार्टीलाई चयन गर्न आग्रह समेत गरे ।

उनले अहिले देखिएका समस्याको पहिचान गर्दै कानुन संशोधन गर्नुपर्ने जरुरी रहेको बताए । सभापति थापाले कुनै एक व्यक्तिले मात्रै चमत्कार गर्न नसक्ने भएकाले पद्दतीमा सुधार गर्नुपर्ने धारणा राखे ।

अहिलेको अवस्थामा कांग्रेसलाई भोट नहाल्नुपर्ने एउटा पनि कारण नरहेकाले कसैलाई गाली नगरी मतदातालाई सम्झाउन उहाले नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।